२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

२३ वर्षीय एमबाप्पे बने सर्वाधिक कमाउने फुटबलर

२३ वर्षीय एमबाप्पे बने सर्वाधिक कमाउने फुटबलर

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड कायलियन एमबाप्पे सर्वाधिक कमाउने फुटबलर बनेका छन् । फ्रेन्च फुटबलर एमबाप्पे पहिलो पटक सर्वाधिक कमाउने फुटबलर बनेको फोर्ब्सले जनाएको छ ।

बीबीसीले जनाएअनुसार अर्जेन्टिनी तथा पीएसजीकै फरवार्ड लियोनल मेस्सी तथा पोर्चुगल र म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोबाहेक ९ वर्षमा पहिलो पटक अन्य कुनै खेलाडी सर्वाधिक कमाउने सूचीमा परेका हुन् ।

फोर्ब्सले जनाए अनुसार यस सिजनमा २३ वर्षीय एमबाप्पेले १ सय २८ मिलियन अमेरिकी डलर कमाउने भएका छन् ।

जबकी मेस्सीले १ सय २० मिलियन डलर र रोनाल्डोले एक सय मिलियन डलर कमाउने भएका छन् । नेयमार र मोहमद सालाह चौथोँ र पाँचौं स्थानमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com