२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको पहिलो हार

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको पहिलो हार

जनसेवा न्युज डटकम संवाददाता

साउथह्याम्पटनसँग मंगलबार राति २–१ ले पराजित हुँदै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ ।

घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com