हालान्ड चम्कदा नर्वेको जित

हालान्ड चम्कदा नर्वेको जित
एजेन्सी । युइएफए नेसन्स लिगमा नर्वेले जित निकालेको छ । गएराति भएको खेलमा नर्वेले स्वीडेनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
नर्वेलाई जित दिलाउनको लागि युवा स्टार एर्लिङ ब्राउट हालान्डले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई गोलसँगै एक असिस्ट दिए । नर्वेको लागि एलेक्सान्डर सोर्लोथले एक गोल थपे । स्वीडेनका इमिल फोर्सवर्ग र भिक्टोर ग्योकेरेसले गोल फर्काए ।
खेलको १०औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
६२औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै एक गोल फर्काए । ७७औं मिनेटमा एलेक्सान्डर सोर्लोथले गोल गर्दै नर्वेलाई ३–१ को अग्रता दिलाए । इन्ज्युरी समयमा भिक्टोरले गोल गर्दै खेललाई ३२ को स्थितिमा ल्याएपनि हाटर टर्न सकेन ।
योसँगै नर्वेले ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्वीडेन ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।