२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्षी एमाले हतासा देखिए : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्षी एमालेमा हतासा देखिएको बताएका छन् । उनले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष थरथरी काँपेको र हतास मुद्रामा देखिएको बताए ।

आज (मंगलबार) नेपाल विद्यार्थी संघको वार्षिकोत्सव भेलालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

उनले वर्तमान गठबन्धन सत्ता र केवल चुनावी जितका लागि मात्र नभएर व्यवस्था बचाउनका लागि रहेको समेत बताए । ‘गठबन्धन सत्ताका लागि या शेरबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि हैन, मुलुकलाई लोकतन्त्र र अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि हो’, उनले भने ।

लोकतन्त्र उल्ट्याउने षड्यन्त्र विरुद्ध सबै एकजुट हुनुपर्ने समेत पौडेलको भनाइ थियो । साथै राजनीतिक स्थायित्वका लागि समेत सबै परवर्तनकारी दलहरु एकजुट हुन जरुरी रहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com