२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

गोरखामा विकास र समृद्धिको सपना बोकेर आएँ : प्रचण्ड

गोरखामा विकास र समृद्धिको सपना बोकेर आएँ : प्रचण्ड

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखामा विकास र समृद्धिको सपना बोकेर चुनाव लड्न आएको बताएका छन् । शुक्रबार चुनाव प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नगरपालिका वडा नम्बर १३ र १४ को याङ्कोटको कोणसभालाई सम्बोधन गर्दै गोरखालाई विकाससँग जोड्न चुनाव लड्न गोरखा आइपुगेको बताए ।

‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको हुँ । यहाँका बाटाहरुलाई राजमार्गसँग जोड्ने र धुला बाटालाई पिच बनाउने तपाईंहरुसँग प्रतिवद्धता व्यक्त गर्छु,’ प्रचण्डले मतदाताहरूलाई भने ।

पहिलो निर्वाचनबाट देशका विभिन्न ठाउँबाट चुनाव लडेकाले यो पटकको आफ्नो रोजाईं गारेखा भएको उनले बताए । ‘पहिलो पटक चुनाव लड्दा रोल्पा र काठमाडौंबाट चुनाव लडें । यहाँबाट चुनाव लड्ने मक्सद थियो । जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रकृयामा देशलाई लैजाने । दोस्रो पटक मधेशको सिराह जिल्लाबाट उठें’ उनले भने, ‘यतिबेला मधेसलाई पहाडबाट अलग्याउने प्रयास गरिएको थियो । यो अवस्थामा एउटा राष्ट्रिय नेताको हैसियतले मधेश र पहाडलाई एकातावद्ध गर्नुपर्छ भनेर चुनाव लडें ।’

तेस्रोपटक चितवनबाट लड्नुको मुख्य उद्देश्य धुलाम्मे बाटालाई पिच गर्नु र चितवनका जनताको माग सम्बोधन गर्नुभएको उनको भनाइ थियो । उनले भने, ‘चितवनमा जनताले अपेक्षा पनि थियो प्रचण्ड चितवनबाट चुनाव लडोस् भन्ने थियो,’ चुनाव जितेर अहिले त्यो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारहरू बनिसकेका छन् । अहिले पनि पुनः यहाँको विकासका लागि गोरखा आएको हुँ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com