२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पनौती नगरपालिका कार्यालयले वडा नं १० लाई गर्यो कोरियन सेराजेम थर्मल थेरापी मेशिन एक थान हस्तान्तरण

पनौती नगरपालिकाको कार्यालयले २०७९ वैशाख ६ गते सहारा जेष्ठ नागरिक समाज, पनौती–१० लाई कोरियन सेराजेम थर्मल थेरापी मेशिन एक थान हस्तान्तरण गरेको छ ।

नगर प्रमुख भीम न्यौपानले सो मेशिन समाजका अध्यक्ष भरतप्रसाद शर्मालाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा पहिलो सेवाग्राही पनौती–१० निवासी जेष्ठ नागरिक श्री विद्याप्रसाद कोइरालालाई थर्मल थेरापीका लागि रिमोट कन्ट्रोल थिचेर नगरप्रमुख न्यौपानेले आजैबाट थेरापी सेवाको शुभारम्भसमेत गर्नुभयो ।

प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा नगरप्रमुख न्यौपानेले नगरपालिका सदैव जेष्ठ नागरिकमैत्री रहेको, आवश्यकता अनुसार सहयोग गर्दै आएको र १२ वटै वडाहरुमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने अभियानमा रहेको बताउनु भयो ।

वडा नं १० वडाध्यक्ष श्री मोहनबहादुर भण्डारी, काभ्रे सेवा समाजका महासचिव मधुसुधन गुरागाईंले मन्तव्य राख्नु भयो ।

कार्यक्रममा पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना र श्री अनिल ढुङ्गेल लगायत खोपासी क्षेत्रका जेष्ठ नागरिक उपस्थिति रहेको थियो।।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com