२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सत्ता गठबन्धन भागबण्डा : बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा असन्तुष्टि

 

काठमाडौं । सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेससहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरूको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाएको थियो ।

दलहरूबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा विरोध भइरहेको छ भने नेताहरूले असन्तुष्टि जनाएका छन् ।

जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरू क्रुद्ध भएका छन् ।

कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधबार दिउँसै उनीहरूले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।

सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर कांग्रेस कार्यकर्ताहरू सन्तुष्ट छैनन् । स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ ।

कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी ९जसपा० बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ ।

जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरू आक्रोशित बनेका हुन् । उनीहरूले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com