२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

सत्तारुड दलहरुले इलाममा पालिका प्रमुख र उपप्रमुखको भागबण्डा सके

सत्तारुड दलहरुले इलाममा पालिका प्रमुख र उपप्रमुखको भागबण्डा सके

इलाम । स्थानीय तहको निर्वाचन २०७९ मा सत्तारुड दलहरुले इलाममा पालिका प्रमुख र उपप्रमुखको भागबण्डा सकेको छ । इलामका इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको भागमा परेको छ ।

सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले पाएको छ । माई नगरपालिकाको प्रमुख भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

उपप्रमुखमा इलाम नगरपालिका, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र माई नगरपालिका नेपाली कांग्रेसको भागमा परेको छ । तीन वटा पालिका देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका नेकपा मोओवादी केन्द्रको भागमा परेको छ ।

सन्दकपुर गाउँपालिका नेकपा एसको भागमा र माङसेवुङ गाउँपालिका जनता समाजवादीको भागमा परेको छ । अन्य वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाउन वाँकी नै रहेको छ वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो भने स्थानीय पालिकाको संयन्त्रले लगाउने गठबन्दधन स्रोतले जानकारी गराएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com