२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

आईजीपी सिंहको नियुक्ति बदर को माग गर्दै परेको रिटको आज हुदै छ  आदेश

आईजीपी सिंहको नियुक्ति बदर को माग गर्दै परेको रिटको आज हुदै छ  आदेश

 

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा धीरजप्रताप सिंहलाई नियुक्ति गरेपछि त्यसको विरोधमा परेको रिटमाथि अदालतको आदेश आज आउने भएको छ ।

सरकारले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएर रोलक्रम मिचेको भन्दै आईजीपीका दाबेदार एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा उक्त रिट दायर गरेका थिए । सो रिटमाथि बुधबार नै प्रारम्भिक सुनुवाइ भइसकेको छ । उक्त सुनुवाइमा विपक्षी पनि सहभागी भइसकेकाले आज अन्तरिम दिने कि नदिने भन्ने टंगो लाग्ने बताइएको छ । अदालतले उचित लागेमा सिंहलाई आईजीपी नियुक्त नगर्न वा सो निर्णय बदर गर्न अन्तरिम आदेश दिन सक्छ ।

तर सरकारले भने आईजीपीमा सिंहलाई नियुक्त गरिसकेर फुली पनि दिइसकेको छ । सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त रिटमाथि बुधबार सुनुवाइ गरेको थियो । जसमा रिट निवेदनकर्ता र सरकार पक्षका वकिलहरुले बहस गरेका थिए । अब उक्त मुद्दामा अन्तरिम आदेश दिने या नदिने भन्ने अदालतको आदेश आज आउने बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com