२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।

मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पोष्टमार्टमको लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com