२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

वडा अध्यक्ष रिजाल भन्छन्ः फोहोर व्यवस्थापनको काम वडाअध्यक्षको होइन, मेयर नेतृत्वको कमिटीको हो

वडाअध्यक्ष रिजाल भन्छन्ः फोहोर व्यवस्थापनको काम वडाअध्यक्षको होइन, मेयर नेतृत्वको कमिटीको हो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थापनको काम वडाध्यक्षहरूको नभएको बताएका छन् ।

महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि सामाजिक सञ्जालमा आलोचित बनेका अध्यक्ष रिजालले फोहोर व्यवस्थापनको जिम्मा मेयर नेतृत्वको कमिटीको भएको बताएका हुन् ।

रिजालकै कार्यकक्षमा एक पत्रकारले सोधेको प्रश्नमा रिजालले यस्तो बताएका हुन् ।

वडा नम्बर १६ को कार्यालयको २ सय मिटर नजिकै थुप्रिएको फोहोरको बारेमा पत्रकारले प्रश्न गरेका छन् । आक्रामक शैलीमा प्रस्तुत भएका रिजालले व्यङ्ग्यात्मक शैलीमा पत्रकारलाई उल्टै प्रतिप्रश्न गर्दै उनले भनेका छन्, ‘ओहो कति राम्रो प्रश्न । तपाईँ चौथो अङ्ग है । पत्रकार तपाईँलाई मेरो प्रतिप्रश्न तपाईँहरू नियम कानून पढ्ने गर्नु भा छ कि छैन ? काठमाडौंको कति वटा विभाग छन् थाहा छ तपाईँलाई ? वडा अध्यक्षको काम कर्तव्य विभाग र वातावरण विभागको काम कर्तव्य विभाग के हो ? वडा अध्यक्षले फोहोर उठाउने हो ? नीतिले फोहोर उठाउने हो । नीति कहाँ बन्छ कार्यपालिकामा बन्छ । कार्यपालिको अध्यक्षता कसले गर्नुहुन्छ ? मेयर साबले गर्नु हुन्छ । उहाँको अध्यक्षतामा बनेको कमिटीले उठाउने हो की !’

उनको यो अभिव्यक्तिपछि मेयर साहका समर्थकहरूले सामाजिक सञ्जालमा स्वतन्त्र मेयरलाई असफल बनाउने खेल सुरु भएको भन्दै आलोचना गरिरहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com