२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारे

नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारे

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए । तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो । अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com