२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा कास्की जिल्लाको बगरमा

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा कास्की जिल्लाको बगरमा

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको आजमिति २०७९ वैशाख१५ गते एक समारोहकाबिचश्री नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयकानिर्देशक डा. रामशरण खरेलज्यू तथा बैैंकका संचालक समितिकाअध्यक्षश्रीमान् प्रकाशश्रेष्ठज्यूबाट संयुक्त रुपमाऔपचारिक समुद्घाटन सुसम्पन्नभयो ।

उक्तऔपचारिक कार्यक्रममा बैंककाअध्यक्षश्रीमान् प्रकाशश्रेष्ठज्यूले ग्राहकहरूको उच्चतमलाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यकप्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवाउपलब्ध गराउदै जानेमाबैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै, बैंकले यस गण्डकी प्रदेशमाअन्यशाखाकार्यालयहरु पनि संचालनमाल्याउने योजना रहेको जानकारी दिनुभयो ।

श्री नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयकानिर्देशक डा. रामशरण खरेलज्यूले श्री नेपाल राष्ट्र बैंकको उद्देश्यबमोजिमविभिन्न स्थानहरुमाशाखाकार्यालय संचालनगरि आमजनमानसहरुलाई बैंकिङ्ग सेवातथा सुविधाप्रदानगरिरहेको भन्दै्र बैंकको प्रशंम्सागर्नुभयो । साथै, यस शाखाकार्यालयले स्थानीयमहानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवाप्रदानगर्ने विश्वास नेपाल राष्ट्र बैंकले लिएको जानकारी दिनुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखाकार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्नाग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधाप्रदानगर्दै आईरहेको छ । बैंकको अगामीदिनहरुमा सम्भावित क्षेत्रमाआफ्नाग्राहकलाई उत्कृष्ट सेवाउपलब्ध गराउने अभिप्रायले थपशाखाहरु
संचालनगर्ने योजना अगाडि रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com