२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

तीन महिना पूरा भएपछि बूस्टर खोप लगाउन मिल्ने

तीन महिना पूरा भएपछि बूस्टर खोप लगाउन मिल्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ ।

यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बूस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो ।

मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बूस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com