गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने
काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । शुक्रबार काठमाडौंमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ ।
त्यस्तै ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रुपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले जेठ २२ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि निर्देशिका समेत पारित गरेको छ ।
राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र एक हजार निर्णायक रहने घिसिङले बताए । त्यस्तै १९ औं एशियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने निर्णय भएको छ ।
बैठकले चीनमा हुने एशियन गेम्सका लागि चाँडै खेलाडीको तयारी पनि सुरु गर्ने निर्णय गरेको उहाले जानकारी दिए । एशियाली खेलकुदमा १५० खेलाडी, २८ प्रशिक्षक, २० व्यवस्थापक सहभागी हुने अनुमान गरिएको घिसिङले बताए ।
राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्ने निर्णय गरेको छ भने जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।