२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

जुम्लाका जनप्रतिनिधिले दिए राजीनामा

जुम्लाका जनप्रतिनिधिले दिए राजीनामा

 

 

जुम्ला । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन ।

गुठीचौर गाउँपालिकाका १ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा समाजवादी पार्टीमा आवद्ध छन् । उनी पुनस् वडाध्यक्षमै प्रतिष्प्रर्धा गर्न पदबाट राजीनामा दिएका छन् ।

यस्तै गुठीचौरकै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका लागि वडा कमिटीबाट निर्णय भएर आएको र पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए ।

त्यस्तै पातारासी गाउँपालिका२ का वडाध्यक्ष कन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए । पुनः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बोहराले बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै सिंजा गाउँपालिका – १ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । त्यसैगरी ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन् । वडाध्यक्षबाट राजीनामा दिएका रोकायाले गाउँपालिका अध्यक्षमा लड्ने पार्टीमा दावी गरेको बताए ।

त्यस्तै, तातोपानी गाउँपालिका – ३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

त्यसैगरी चन्दननाथ नगरपालिका – ६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भिमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com