२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेसले छान्न सकेन महानगर र उपमहानगरका उम्मेदवार

नेपाली कांग्रेसले छान्न सकेन महानगर र उपमहानगरका उम्मेदवार

​काठमाडौं । नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार छान्न गएराति बसेको बैठक पनि निष्कर्षविहीन भएको छ । काठमाडौँ महानगरमा सिर्जना सिंहलाई उठाउने सैद्धान्तिक सहमति गरेको काँग्रेसले ललितपुर र विराटनगर महानगरको उम्मेदवार छान्न सकेको छैन ।

काँग्रेस नेता शेखर कोइरालाले भरतपुर र पोखरा महानगरको उम्मेदवार छान्दा जिल्ला सभापति, नगर सभापति र जिल्लाका शीर्ष नेताहरूसँग छलफल गरे पनि विराटनगरको सवालमा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय आवश्यकता नहेरेको आरोप लगाए ।

बैठकमा सहभागी एक नेताका अनुसार शेखरले भरतपुर र पोखरका नेताहरूलाई बोलाएर जसरी पार्टी सभापतिले परामर्श गर्नुभयो, विराटनगरमा किन त्यस्तो नगरेकोु भन्दै प्रश्न गरेको बताए । अरुलाई जिताउनका लागि परामर्श गर्नेले आफ्नै पार्टीका उम्मेदवार छान्न परामर्श गर्नुपर्दैन ? शेखरले भनेको ती नेताले बताए ।

भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई छाड्दा त्यहाँका जिल्ला सभापति राजेश्वर खनाललगायत नेतालाई काठमाडौं बोलाएर देउवाले परामर्श गरेका थिए । त्यस्तै पोखरा महानगर समाजवादी लाई दिने भएपछि पनि कास्की सभापति किशोरदत बराललाई बालुवाटार बोलाएर देउवाले छलफल गरेका थिए।

विराटनगरबारे उम्मेदवार छान्दा जिल्ला सभापति डिग बहादुर लिम्बूलाई सभापति देउवाले एक कल फोन समेत गरेका छैनन् । विराटनगर महानगरमा देउवाले अमृत अर्याललाई उमेदवार बनाउन चाहेका छन् ।

उनी २०५४ मा मेयरमा पराजित भएका थिए । शेखरले भने मोरङका पार्टी उपसभापति नागेश कोइरालालाई उम्मेदवार बनाउन चाहेका छन् । यता, कृष्ण प्रसाद सिटौला भने हालका मेयर भीम पराजुलीलाई दोहोर्‍याउन चाहन्छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com