२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बझाङमा पहिलो दिन ३२ स्वतन्त्रसहित ४३ जनाको मनोनयन दर्ता

बझाङमा पहिलो दिन ३२ स्वतन्त्रसहित ४३ जनाको मनोनयन दर्ता

 

आसन्न स्थानीय तहको निर्वाचनका लागि बझाङमा मनोनयन गर्ने पहिलो दिन ४३ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका पाँचवटा स्थानीय तहमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल र स्वतन्त्र ४३ जनाले हालसम्म मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णुकुमार अवस्थीले जानकारी दिए ।

आज जिल्लाको जयपृथ्वी नगरपालिकाबाट राप्रपा र स्वतन्त्र उम्मेदवार गरी आठ जना, बुंगल नगरपालिकामा १७ जना, खप्तडछान्ना गाउँपालिकामा दुई जना, केदारस्यूँ गाउँपालिकामा एक जना र दुर्गाथली गाउँपालिकामा १५ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अवस्थीले बताए ।

जयपृथ्वी नगरपालिकाको मेयर पदका लागि राप्रपाका कर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी वडा नं. ६ वडा अध्यक्षका लागि गौरी सिंह, वडा नं. १० को वडा अध्यक्षमा राम कुमार श्रेष्ठले राप्रपा मनोनयन दर्ता गराएका हुन् ।

जयपृथ्वीको वडा नं. ८ को वडाअध्यक्षमा मंगलबहादुर बोहराले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको अवस्थीले बताए । त्यसैगरी राप्रपाबाट वडा नं. ६ का लागि गजेन्द्र बहादुर सिंह, सन्तोष परियार, कौसिला सिंह शाही र लाल बहादुर कठायतले वडा सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

खप्तड छान्ना गाउँपालिकामा विवेकशील साझा पार्टीका एक जना र स्वतन्त्रबाट एक जना गरी दुई जनाले मनोनयन दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षका लागि स्वतन्त्रबाट जनक थापा र वडा न. ४ को वडा अध्यक्षका लागि विवेकशील साझा पार्टीका राजेन्द्र रोकायाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।

त्यसैगरी, केदारस्यूँ गाउँपालिकामा मनोनयन दर्ता गराउने पहिलो दिन आज एक जनाले स्वतन्त्रबाट वडा अध्यक्ष पदको मनोनयन दर्ता गराएको केदास्यूँ गाउँपालिका निर्वाचन अधिकृत विनोदकुमार खनालले जानकारी दिए । वडा नं. ७ को वडा अध्यक्ष पदमा डबलबहादुर धामीले मनोनयन दर्ता गराएको निार्वाचन अधिकृत खनालले बताए ।

बुंगल नगरपालिकामा आज पहिलो दिन सबैभन्दा धेरैले मनोनयन दर्ता गराएका छन् । बुंगल नगरपालिकाको मेयरका लागि हर्कबहादुर सिंहले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् भने वडा अध्यक्षमा वडा नं. १ मा विष्णु प्रकास जोशी, वडा नं. ४ मा मदन विक, वडा नं. ११ मा जहरे बोहरा, वडा नं. ८ मा गंगु ऐडी, वडा नं. ३ मा परे धामीले स्वतन्त्रबाट र वडा नं. ५ मा नरेश कार्कीले राप्रपाबाट मनोनयन दर्ता गराएका हुन् ।

बुंगल नगरपालिकामा वडा नं. ८ मा विरा जाग्री र मुकुन्द कुवँर, वडा नं. ४ मा गगने कार्की, सुनादेवी ओखेडा, मुन्नी ओखेडा, वडा नं. ८ का लागि मानदेव बोहराले वडा सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । वडा नं. ५ मा शंकर कामी, वडा नं. ११ मा ईश्वर बोहरा, हर्कबहादुर पातली र हजारी ओखेडाले वडा सदस्यका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिए ।

त्यसैगरी दुर्गाथली गाउँपालिकामा स्वतन्त्रवाट विभिन्न पदमा १५ जनाले मनोनयन दर्ता गराएका छन् । दुर्गाथली गाउँपालिकाको अध्यक्ष पदका लागि सत्यराज रावलले स्वतन्त्रबा मनोनयन दर्ता गराएका हुन् ।

दुर्गाथली गाउँपालिका वडा नं. १ बाट नवराज भण्डारी, जय बहादुर सार्कीले वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडा नं. २ मा यज्ञगिरी विष्ट र वडा नं. ३ मा सुरेशबहादुर बोहराले पनि वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत यदुराम शर्माले जानकारी दिए ।

त्यस्तै वडा नं. ४ का लागि देवराज जोशी, चक्र बहादुर विक, वडा नं. ५ का लागि उज्जल जप्रेल, वडा नं. ७ का लागि सुर्यकेन्द्र दौल्यालले पनि वडा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् भने, वडा सदस्यमा १ का सुमन सार्की, अनिल सार्की र जयन्तीदेवी खाती, वडा नं. २ का हिमाल विष्ट, वडा नं. ३ का विकास माड र वडा नं. ५ का करु जप्रेलले वडा सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com