२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

काठमाडौं महानगरका ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं महानगरका ११६ जनप्रतिनिधिले दिए राजीनामा

 

काठमाडौं महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आइतबार साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका हुन् । त्यसै गरी ८७ जना वडा सदस्यहरू राजीनामा बुझाएका छन् ।

स्थानीय तह निर्वाचन सदस्य २०७९ मा भाग लिन उम्मेदवारी दर्ता गर्दा सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनु पर्ने भएपछि जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् ।

महानगरको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी छ । महानगरका सहायक प्रवक्ता महेश काफ्ले भन्छन्, ‘उम्मेदवारीसम्बन्धी पार्टीबाट निर्णय आइनसकेको भएर राजीनामा नआएको हुन सक्छ । अर्कोतिर निर्वाचनमा भाग नलिने भए राजीनामा दिनै परेन ।’

काठमाडौं महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १६० जना जनप्रतिनिधि छन् । यो संख्या १६५ हुनुपर्ने हो । प्रमुख उपप्रमुख, २ जना, वडा सदस्य (अध्यक्षसहित) १६० जना र कार्यपालिका सदस्यका लागि पार्टीका तर्फबाट जनजाति, दलित र अल्पसंख्यकबाट उम्मेदवार बनाइएका ३ जना यसको पूरा संख्या हो ।

कार्यपालिकाका ८ जना सदस्यमध्ये बाँकी ५ जनालाई वडा सदस्यहरू मध्येबाट महिला सदस्य पदका लागि उम्मेदवार बनाइएको थियो ।

२०७४ को स्थानीय निर्वाचनमा वडा २४, २५ र २७ मा दलित महिलाको उम्मेदवारी नपरेका कारण जनप्रतिनिधिको संख्या १६५ बाट १६२ हुनुपर्थ्यो । यस कार्यकालमा वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र वडा ३० का सदस्य निरजराज सत्यालको निधन भएपछि अहिले महानगरमा जनप्रतिनिधिको संख्या प्रमुख उपप्रमुखसहित १६० जना रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com