२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

माओवादी स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिवेदन माथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो ।

भोलि देखी सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि आज बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजेबाट सुरू हुने भनिए पनि अन्तिम समयमा स्थगित भए पछि सो बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।

स्थानीय तहको उपनिर्वाचन परिणामबाट हौसिएको माओवादी केन्द्रले २०८४ सालको निर्वाचन एक्लै लड्ने घोषणा गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com