२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

उम्मेदवारी दर्ता चलिरहँदा पनि मोरङमा गठबन्धन कै पिरलो

उम्मेदवारी दर्ता चलिरहँदा पनि मोरङमा गठबन्धन कै पिरलो

 

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेस प्रदेश १ का अधिकांश उम्मेदवारहरू यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारको टिकटका लागि शनिबारदेखि नै विराटनगरस्थित होटल इस्टर्न स्टारमा जम्मा भएका थिए । त्यही होटलको एउटा कोठामा गठबन्धनको बैठक बस्यो ।

कुनाको एउटा कोठामा बसिरहेको गठबन्धनको बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका निर्णायक नेताहरुको सहभागिता थियो । तर, काँग्रेसबाट भने निर्णायक तहका नेताहरुले सहभागी जनाएका थिएनन् । झण्डै एक घण्टा बसेको बैठकमा माओवादीले बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको प्रमुख लिने सहमति भइसकेको थियो । यस्तै पथरीशनिश्चरे नगरपालिका नेकपा एसले लिने सहमति हुँदै गर्दा मिक्लाजुङ गाउँपालिकामा माओवादीले लिने की नेकपा एसले लिने भन्ने विषयमा विवाद भएको थियो ।

मोरङका पूर्वउत्तरका पालिकाहरु मिल्नै लाग्दा काँग्रेसको अर्को प्रस्तावले माओवादीलाई पुनः झस्कायो । माओवादीले आफ्नो जित्ने आधार मानिरहेको धनपालथान, ग्रामथान, जहदा, कटहरी, बुढीगंगा र सुनवर्षी गाउँपालिकामा अध्यक्षमात्रै होइन उपाध्यक्षमा पनि भाग नपाउने प्रस्ताव काँग्रेसले अघि सार्यो । अन्तिममा त्यसै कारण गठबन्धनको बैठक भाँडिएको थियो । त्यसपछि पुनः बैठक बस्ने गरी स्थगित भएको बैठक आइतबार साँझसम्म पनि बस्न सकेको छैन । ‘बैठकमा काँग्रेसले रुची देखाएको छैन,’माओवादी मोरङका संयोजक विजय विश्वासले भने ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि मनोनयन सुरु भएको छ । अहिलेसम्मको जानकारी अनुसार मोरङको लेटाङमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । लेटाङमा काँग्रेसको प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने भएका छन् । यस्तै मोरङको सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिकामा भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । माओवादी नेता कुशल लिम्बूका अनुसार सुनवर्षी र धनपालथान दुवैको प्रमुखरअध्यक्षको उम्मेदवार जनता समाजवादी र उपप्रमुखरउपाध्यक्षको उम्मेदवार माओवादी केन्द्रले पाउने भएको हो ।

वडाहरूको भागबण्डा भने स्थानीय स्तरमा मिलाउने सहमति भएको लिम्बूले बताए । जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले माओवादीसँग दुईवटा पालिकामा सहमति भएको बताए । यता, मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा काँग्रेस,माओवादी र जनता समाजवादी पार्टीले एक्ला(एक्लै लड्ने भएका छन् । केन्द्रबाटै गठबन्धन भएको विराटनगर महानगरपालिकाको वडाको भागबण्डा अहिलेसम्म टुंगिएको छैन ।

यता, मोरङको मिक्लाजुङ र केराबारी गाउँपालिकामा पनि गठबन्धनको कसरत भइरहेको छ । यद्यपि अहिलेसम्म मिल्न नसकेको नेताहरुले बताएका छन् । यस्तै मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, सुन्दरहरैंचा नगरपालिका तथा कानेपोखरी र ग्रामथान गाउँपालिकामा पनि अहिलेसम्म गठबन्धनबीच सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com