२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कपिलवस्तुमा एक्लै चुनाव लड्दै कांग्रेस

कपिलवस्तुमा एक्लै चुनाव लड्दै कांग्रेस

 

बुटवल । कांग्रेसले कपिलवस्तुका १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिए पछि कांग्रेस एक्ले चुनावमा होमिएको हो । १० वटै पालिकामा कांगैस एक्लै चुनाव लडन लागेको हो । कपिलवस्तुको ६ नगरपालिका र ४ गाउँपालिकामा लड्ने उम्मेदवारको नाम टुंगो लागेको हो ।

कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेयका अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धुभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उपमेयरमा शोभावती कुर्मीले टिकट पाएका छन ।

यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देवी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन । पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यसअघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन् । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारुले यसअघिको निर्वाचनमा मेयर र उपमेयरमा जितेका थिए ।

कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यसअघि मेयरमा जितेका उम्मेदवार हुन । २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजतप्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रबेश गरी मेयरमा उम्मेदवारी दिदै छन । उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम आईतबार नै टुंगोे लगाएको थियो । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेवी र बिजयनगर गाउँपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।

मायादेबी गाउँपालिकाको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन । यस्तै यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यसअघि पनि उम्मेदवार बनेको बलिउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यसअघि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डय भने यसअघिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com