२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

अभिनेत्री प्रियंका कार्कीले स्वतन्त्र उम्‍मेद्‌वारी दिएका बालेन शाहलाई भोट माग्‍दै

अभिनेत्री प्रियंका कार्कीले स्वतन्त्र उम्‍मेद्‌वारी दिएका बालेन शाहलाई भोट माग्‍दै

 

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्‍मेद्‌वारी दिएका बालेन शाहलाई भोट दिन आग्रह गरेकी छन् । सामाजिक सञ्‍जालमार्फत अभिनेत्री कार्कीले शाहलाई भोट दिन आग्रह गरेकी हुन् ।

शाहको घोषणापत्र फेसबुकमा सेयर गर्दै कार्कीले भोट मागेकी हुन् । कार्कीसँगै अभिनेत्री स्वस्तिमा खड्का,निर्देशक तथा कलाकार निश्चल बस्नेतले पनि सामाजिक सञ्‍जालमार्फत बालेनलाई भोट हाल्न आग्रह गरेका छन् ।

यस्तो छ प्रियंकाले बालेनलाई भोट माग्‍दै सेयर गरेकी घोषणा पत्रको सारांश

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश :

=जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
=पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर
=भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी
=रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०५ ठाउँ
=युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
=सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
=निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
=७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने
=सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति
=बस स्टपहरुमा फल्चा स्थापना गरिने
=सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट
=काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने
=उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
=काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
=सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
=अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने
=अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
=एक घर एक रुख अभियान सुचारु गरिने

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com