२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन

आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन

जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा १ सय ८ समूहका ६ सय ८५ पुरुष र रु सय ९१ महिलाले आरोहण अनुमति पाएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष) ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् । दोश्रोमा लोत्से (८५१६ मिटर) को लागि ११ समूहका १ सय ३ जना, तेस्रोमा अमादब्लम (६८१४ मिटर) का लागि ९ समूहका ९७ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने कानुनी व्यवस्था छ । आजको कारोबार दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com