२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

फेयर ब्रेकु नेपाली क्रिकेटरका लागि अवसरको ढोका : रुविना

फेयर ब्रेकु नेपाली क्रिकेटरका लागि अवसरको ढोका : रुविना

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले फेयर ब्रेक इन्भिटेसनल–२०२२ टी- ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार तथा नेपाली खेलाडीहरूका लागि अवसरको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् ।

कप्तान रुविना र उपकप्तान सीता राना मगर दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा मे १ देखि १५ तारिखसम्म आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल–२०२२ टी- ट्वान्टी क्रिकेटमा सहभागी हुँदैछन् ।

६ टिमको सहभागिता रहने प्रतियोगितामा रुविनाले बर्मी आर्मी तथा सीताले टोर्नाडोजबाट खेल्नेछन् । प्रतियोगितामा टेष्ट राष्ट्रसहित ३० देशका उत्कृष्ट खेलाडीको सहभागिता रहनेछ ।

रुविना र सीता पहिलो पटक फ्रेन्चाइज क्रिकेटका लागि छनोट भएकाले यो प्रतियोगिता नेपाली खेलाडीका लागि एकदमै ठूलो अवसर भएको रुविनाले इकागजलाई बताइन् ।

नेपाली खेलाडीका लागि पहिलो अवसर तथा अनुभव हो । विश्वकप खेलेका अधिकांश खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाइरहेका कारण हाम्रो लागि यो एकदमै ठूलो अवसर पनि हो,ु रुविनाले भनिन् ।

उनले यस प्रतियोगितामा विश्वभरीका खेलाडीको सहभागिता भएको कारण यसको महत्व आईपीएल अथवा विग बास लिगभन्दा कम नरहेको दाबी गरिन् ।

रुविनाले पाकिस्तानकी फास्टबलर फातिमा साना तथा बंगलादेशकी रुमानासँगै टिममा रहेकी छन् । वेस्ट इन्डिजकी डियन्द्रा डोटिन र सेमाइने काम्पवेल पनि बर्मा आर्मी टिममा छन् । बर्मा आर्मीको प्रशिक्षकमा इंग्ल्यान्डकी लायडिया ग्रिनवे रहेकी छन् ।

यता सीताले खेल्ने टोर्नाडोजमा वेस्ट इन्डिजकी कप्तान स्टेफनी टेलर, न्यूजिल्यान्डकी सोफी डिभाइन, दक्षिण अफ्रिकाकी सुने लुस, पाकिस्तानकी अलिया राएज र डियना बैग रहेका छन् । प्रशिक्षकमा भारतकी अन्जु जैन रहेकी छिन् ।

रुविनाले प्रतियोगितामा आफू तथा सीताले विश्वका उत्कृष्ट खेलाडीसँग खेल्ने अवसर प्राप्त गर्ने जनाइन् ।

ुएउटा टिममा ६ जना टेष्ट राष्ट्रका खेलाडीहरू हुने जसमध्ये ४ जना प्लेइङ ११ मा रहने तथा बाँकी सबै एसोसियट राष्ट्रका खेलाडी हुने भएकाले खेल्ने अवसर प्राप्त हुनेछ,ु उनले बताइन् ।

उनले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्ने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

हाम्रो लागि सम्बन्ध विस्तार गर्ने अवसर पनि हुनेछ । हामीले राम्रो खेलेको खण्डमा बाहिरको टिम नेपाल आएर खेल्न सक्ने सम्भावना पनि विस्तार हुन सक्छ । सम्बन्ध विस्तार गरेको खण्डमा अष्ट्रेलियाको ए टिम वा इंग्ल्यान्डको ए टिम वा काउन्टी टिम अथवा अन्य राम्रो टिम नै नेपाल आएको खण्डमा हामीलाई फाइदै हुन्छ, रुविनाले थपिन् ।

उनले आफूहरूले राम्रो प्रदर्शन गर्न सके यसले युवा खेलाडीका लागि अवसर प्रदान गर्न सक्ने बलियो सम्भावना रहने बताइन् ।

काठमाडौँमा करिब एक महिनाले देखि प्रतियोगिताका लागि तयारी गरिरहेकी रुविनाले आफ्नो पहिलो लक्ष्य राम्रो प्रदर्शन गरेर आउने रहेको पनि जनाइन् । प्रतियोगितामा सहभागी हुन उनी अप्रिल ३० तारिखमा दुबई प्रस्थान गर्नेछिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com