२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

खुला टेनिस प्रतियोगिता : प्रदीप र प्रणव क्वाटरफाइनलमा

खुला टेनिस प्रतियोगिता : प्रदीप र प्रणव क्वाटरफाइनलमा

काठमाडौं । प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।

त्यसै स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज महर्जनलाई ६–० र ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे। हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वाटरफाइनलमा पुगे ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वाटरफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१ र ४–० ले सहजै पन्छाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com