२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेल

काठमाण्डौ । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रवारदेखि नवौँ चरणका खेल हुँदैछ । आठौँ चरणका खेल सकिएसँगै उपाधि कसले जित्छ भन्नेमा उत्साह भइरहँदा रेलिगेशन क्षेत्रमा रहेका टोली बच्नका लागि सङ्घर्ष गरिरहेका छन् । नवौँ चरणको खेलअघिको पत्रकार सम्मेलनमा सबैजसो क्लबले तीन अङ्कका लागि खेल्ने बताएका छन् ।

आजदेखि नवौँ चरणको खेल सुरु हुँदा दिनको पहिलो खेल विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय क्लब एपीएफले विदेशी खेलाडी भित्र्याएसँगै राम्रो नतिजा निकाल्न सफल भइरहेको छ भने हिमालयन शेर्पाले मध्यम प्रदर्शन गर्दै तालिकाको बीचमा रहेको छ ।

यस्तै दोस्रो खेलमा तालिकाको दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबले यसै सिजनको नयाँ टोली सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । उपाधि होडलाई बचाइराख्न मनाङ सातदोबाटो युथ क्लबसँग सर्तक रहेर खेल्नेछ । किनभने सातदोबाटो युथ क्लबले बलिया टोलीसँगको खेलमा राम्रो नतिजा निकाल्दै अङ्क जोडिरहेको छ । मनाङका प्रशिक्षक तोपे फुजाले क्लब जुन भए पनि आफ्नो टोली तीन अङ्कका लागि खेल्ने बताए ।

यता सातदोबाटो युथ क्लबले पनि राम्रो नतिजाका लागि खेल्ने बताएको छ । शीर्ष डिभिजनमा उक्लिएसँगै तारिफ योग्य प्रदर्शन गरेको सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले बताए ।

आठौँ चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा रहेको छ । नवौँ चरणको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्र फुटबल क्लबले उपाधि उचाल्ने लक्ष्यका साथ खेल्ने बताएको छ ।

भोलि शनिवारको खेलमा भने फ्रेन्ड्सले त्रिभुवन आर्मी फुटबल क्लबसँग तीन अङ्कका लागि खेल्ने जनाएको छ । फ्रेन्ड्स यो लिगमा एक मात्र टोली हो जसले एक खेलमा पनि स्पष्ट तीन अङ्क जोड्न सकेको छैन । यस्तै थ्री स्टार क्लबले सङ्कटा क्लबसँग नवौँ चरणको खेलमा प्रतिस्पर्धा गर्दा न्युरोड टिम ९एनआरटी० र जावलाखेल युथ क्लबबीच नवौँ चरणको अन्तिम खेल हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com