२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

लखनउलाई प्लेअफमा पुग्ने मौका

लखनउलाई प्लेअफमा पुग्ने मौका

एजेन्सी

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले गुजरात ताइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चेन्नई दुई अंक जोड्ने योजनामा छ ।

यता प्लेअफमा पुगिसकेको गुजरात तालिकामा आफूलाई शीर्ष स्थानमा यथावत राख्ने योजनामा छ । आज नै हुने अर्को खेलमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लखनउ प्लेअफमा पुग्ने योजनामा छ । लिगमा १२ खेल खेलेमो लखनउ १६अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता राजस्थान पनि आजको खेलमा सहज जित निकाल्दै प्लेअफ नजिक पुग्ने योजनामा छ । १२ खेल खेलेको राजस्थान १४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com