२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मनोनयन दर्ता गर्ने उम्मेदवारहरुमाथि परेको उजुरीमाथि छानविन थाल्दै निर्वाचन आयोग

मनोनयन दर्ता गर्ने उम्मेदवारहरुमाथि परेको उजुरीमाथि छानविन थाल्दै निर्वाचन आयोग

काठमाडौं । आईतबार र सोमबार मनोनयन दर्ता गरेका स्थानीय तहका उम्मेदवाहरु मनोनयन गरेकाबिरुद्ध उजुरी गर्ने समय मंगलबार दिनभरी दिइएको थियो ।

उम्मेदवारी दिएको केहीबिरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । उक्त उजुरीमाथि आयोगले आजदेखि ९जाँचबुझ० छानबिन थाल्ने भएको छ ।

‘प्राप्त उजुरीमाथि बुधबार र बिहीबार जाँचबुझ गर्दैछौँ। पर्सी निर्णय हुन्छ‚’ आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले भने ।

त्यस्तै बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको र शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

त्यस्तैगरी शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्यहरु गरि ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुनेछ ।

उक्त पदहरुका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको परेको निर्वाचन आयोगले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com