२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

विप्लव–प्रकाण्डले डुबाए भन्दैमा पार्टीलाई डुब्न दिने छैन : बास्तोला

विप्लव–प्रकाण्डले डुबाए भन्दैमा पार्टीलाई डुब्न दिने छैन : बास्तोला

 

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोलाले पार्टीलाई डुब्न नदिने बताएका छन् ।

महासचिव विप्लवले जिम्मेवारी मुक्त गरेपछि सचिवालय सदय बास्तोलाले आफूहरूले पार्टी बचाउने बताएका हुन् । अब कसरी अगाडि बड्ने भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्ने बढ्ने उनको भनाइ छ ।

यसबारे छलफल गरेर निष्कर्षमा पुग्छौँ । उहाँहरू (विप्लव–प्रकाण्ड) ले पार्टी डुबाउनुभयो भन्दैमा डुब्न दिने कुरा हुँदैन, बास्तोलाले इकागजसँग भने, सकेसम्म अझैं पनि पार्टीलाई एक ढिक्का बनाएरै लैजानुपर्छ भन्ने हाम्रो भनाइ हो । सुधारेर लैजाने भन्ने नै हो । अब हामी छलफल गर्छौँ । केही न केही त गर्नुपर्छ । पार्टी डुब्न दिने कुरा हुँदैन ।

महासचिव विप्लवले बुधबार बास्तोलासहित अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओलीलाई पदमुक्त गरेका थिए । ओली र बास्तोलाले गुटगत र अराजक गतिविधि गरेको भन्दै पदमुक्त उनीहरूलाई पदमुक्त गरिएको विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय चुनाव उपयोगबारे चन्द नेकपामा विवाद छ । ओली र बास्तोला चुनाव उपयोग गर्न नहुने पक्षका नेता हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com