२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

योगेश भट्टराईलाई देवेन्द्र पौडेलको जवाफ– मानिसले लडेको युद्धलाई जनयुद्ध भनिन्छ

काठमाडौं– सत्तासीन दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमाले सचिव योगेश भट्टराईलाई जवाफ दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले २०५२ देखि २०६२ सम्म चलेको युद्ध मानिसले लडेको भएकाले त्यसलाई जनयुद्ध भनिएको बताए ।

भट्टराईप्रति लक्षित गर्दै पौडेलले भने, ‘भर्खरै जनयुद्धबारे एक जना मान्यज्यूले केही बालेर जानुभयो । म उहाँलाई एकपल्ट डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु । त्यो युद्ध माछा, भालु र जंगलका अर्नाहरु लडेका थिए ?,’ उनले प्रश्न गरे, ‘कि रुख वा ढुंगाहरु लडेका थिए । मान्यज्यू डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनयुद्ध भनिन्छ वा जनआन्दोलन भनिन्छ ।’

सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोप्रति भट्टराईले आपत्ति जनाएका थिए । सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नमिल्ने उनको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com