२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा : डा. शेखर कोइराला

आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा  : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको बताएका हुन् ।

टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य–पद्धति र आदर्शप्रति समर्पित नेता–कार्यकर्ता अन्य पार्टीमा ओत लाग्न पुगेको उनको भनाइ छ । स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य नेता(कार्यकर्तालाई उनले कांग्रेसको मुल प्रवाहमा फर्किन आग्रह गरेका छन् ।

टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन, विज्ञप्तिमा भनिएको छ अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न सक्नुभएन ।

त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितताका कुराहरू सार्वजनिक भइरहेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com