२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विश्व कीर्तिमानी सगरमाथा आरोहिको बालबिवाह रोकथाम अभियानले मूर्त रुप लिँदै

विश्व कीर्तिमानी सगरमाथा आरोहिको बालबिवाह रोकथाम अभियानले मूर्त रुप लिँदै

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं। ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र बस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिएकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । सगरमाथा आरोहरणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि।सं। २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको संख्या ८४ हजार एक सय १५ रहेका छन् ।

नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएका थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उदघोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com