२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो : अध्यक्ष ओली

नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए ।

अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहा¥याए । उनले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए । उनले नोपली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘काठमाडौं एमालेले जित्नुपर्छ । र काठमाडौं एमालेले जित्छ । एमालेका उम्मेदवारहरुलाई काठमाडौंका सचेत जनताले विजयी बनाउनेछन् । राजधानीका सचेत जनता जसले नेपाली राजनीतिक परिवर्तनमा आजदेखि होइन, सचेतनाको शंखघोष आजदेखि गरेको होइन, यही काठमाडौंमा २०९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ ४ जनालाई राणाहरुले आफ्नो शासन टिकाउनका लागि फाँसी दिएका थिए र बलिदानको इतिहास काठमाडौंले त्यहाँदेखि कोर्दै आएको छ ।’

उनले थपे, ‘८२ वर्षअघिदेखि काठमाडौंले चेतनाको विगुल फुक्दै आएको छ । मैले अस्तिको दिन पनि भनेको थिएँ । काँग्रेसको घोषणापत्र भनेको कुनै राजनीतिक दस्ताबेज नै होइन । अघिल्लो सरकारको भण्डाफोर गर्ने, बिरोध गर्ने, आफू के गर्छु भन्ने कुरा होइन । काँग्रेसको घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको छ । व्यक्तिगत तवरमा मलाई गाली गरेको छ । गाली राजनीतिक भएको भएपनि हुन्थ्यो । होइन, असभ्य तरिकाले, निच भन्ने जस्ता शब्दहरु प्रयोग गरिगरिकन भद्दा गाली, असत्य, निराधार गाली गलौज गरेको छ ।’

उनले फेरि भने, ‘अलिकति संविधानका राम्रा कुराहरु उतार गरेको छ, अलिअलि हाम्रा घोषणापत्रका कुराहरु, हामीले बोल्ने भन्ने गरेका कुराहरु केही केही अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ । कहाँ उठाउँछ के उठाउँछ अहिले त केही पनि थाहा हुँदैन, कतै एस कतै नो । कतै एस पार्टी उठाउँछ कतै नो पार्टी उठाउँछ । कहिले केमा भोट हाल्छ कहिले केमा । काँग्रेसको घोषणापत्र लिएर कुनै राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएका छन् । न नयाँ पुस्ता न पुरानो पुस्ता । न योगदान न नयाँ संकल्प । न नयाँ उत्साह ।’

त्यसतै अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा बहसका लागि आउन चुनौती दिएका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताए ।

उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए । अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको विरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुसँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो । कुहिराका कागको उदेश्य भनेको पेट भर्ने हो ।’

यसका साथै अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com