२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टिमका कप्तान सन्दिप लामिछानेले यूएईसँगको खेलमा केही कमजोरी भएका कारण हार्नुपरेको बताए । युवा टिमको राम्रो सुरुवात भएको भन्दै उनले टिमले जस्तो प्रदर्शन गरेको र यसले भविष्यका लागि राम्रो संकेत गरेको बताए ।

यद्यपि जित्नैपर्ने दिन खराब दिन बन्दा टी–२० विश्वकपमा छनोट हुन नसकेको उनको भनाइ छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले राम्रो प्रयास गर्दा गर्दै सोचेको नतिजा हासिल हुन नसकेको बताए ।

छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com