२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

जेठ १३ को प्रदर्शनका लागि कांग्रेसले तोक्यो १५ कमान्डर

काठमाडौँ । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदर्शनका क्रममा  उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको हो ।

जसअनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको छ । काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू  देवेन्द्रराज कँडेल  र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com