२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो : अध्यक्ष ओली

पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन केही समयको लागि आएको लुतो भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय गठबन्धन देशको लागि ठूलो पीडा भएको बताएका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो । अलिक समयका लागि आएको लुतो हो के लुतो । ठूलै घाउ पनि होइन, तर बस्नै दिनन् ।’

त्यस्तै, उनले वैशाख ३० गते उक्त लुतोलाई फाल्नुपर्ने बताउँदै थप भनेका छन्, ‘यस पीडालाई निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ । यसपल्ट दुई दिन पन्छाउने समय छ । एउटा वैशाख ३० गते, अर्को मंसिरतिर हुन्छ ।’

यसका साथै अध्यक्ष ओलीले पाँच दलीय सरकार निकम्मा भएको बताउँदै फेरि भने, ‘यस्तो गएगुज्रेको सरकार धर्तीमा छ भनेर कल्पनानै गर्न सकिँदैन । ९–१० महिनामा ढुकुटी रित्याउने कस्तो होला ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com