२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगे

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगे

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४/७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो ।

२०७४/७५ मा १ हजार १ सय ३८ डलर, २०७५/७६ मा १ हजार १ सय ५९ डलर, २०७६/७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७/७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com