२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

७७ वटै जिल्लामा ४०० पर्यवेक्षक खटाइने

७७ वटै जिल्लामा ४०० पर्यवेक्षक खटाइने

जनसेवा न्युज डटकम संवाददाता

निर्वाचन पर्यवेक्षण समिति नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरू लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पर्यवेक्षण समिति नेपालले आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचनको पर्यवेक्षक अन्तिम तयारीमा जुटेको छ । हालसम्म ४० वटा जिल्लामा ४० जना पर्यवेक्षकहरू लामो समयका लागि नियुक्त गरी परिचालन समेत गरिसकेको छ । लामो समयका पर्यवेक्षकहरूको लागि यही वैशाख ८ र ९ गते प्रशिक्षण सम्पन्न गरी परिचालन गरेको हो । त्यसै गरी छोटो समयका लागि ७७ वटै जिल्लामा संस्थाले पर्यवेक्षण गर्ने छ । त्यसको लागि ४०० चारसयजना पर्यवेक्षकहरू परिचालन गर्ने योजना रहेको छ ।’

अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको स्मरण गराए । स्थानीय तहको निर्वाचनको लागि संस्थाको पर्यवेक्षणको तयारी पूरा गरेको जनाए ।

उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाइसकेको जनाए । उनले भने,‘उहाँहरूले एक महिना हेर्नुहुन्छ र प्रतिवेदन पठाउनुहुन्छ । ७७ वटै जिल्लामा ४०० सय जना छोटो अवधिका पर्यवेक्षकहरू खटाउँछौँ । उम्मेदवारी दिने दिनदेखि मत परिणाम आउने बेलासम्मको पर्यवेक्षण गरिनेछ ।’ उनले निर्वाचन आचारसंहिताविपरित प्रचारप्रसार भएको गुनासो पोखे । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरू खटिने आफूहरूले विश्वास लिएको उनको भनाई छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com