२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मकवानपुरमा १३५ उम्मेदवारी फिर्ता

मकवानपुरमा १३५ उम्मेदवारी फिर्ता

 

बागमती । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार जिल्लाका १० स्थानीय तहमा दुई हजार ६७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये १३५ जनाले उम्मेदवारी फिर्ता लिएको सो कार्यालयले जनाएको छ । उम्मेवारी फिर्ता लिएका कारणले जिल्लामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्य गरी कूल एक हजार ९३२ को उम्मेदवारी कायम रहेको छ ।

उम्मेदवारी फिर्ता लिनेमा हेटौँडा उपमहानगरपालिकामा ४९, थाहा नगरपालिकामा १५, बकैया गाउँपालिकामा १८, इन्द्रसरोवरमा आठ, बागमती पाँच, भीमफेदीमा एक, मकवानपुरगढीमा १३ र राक्सिराग गाउँपालिकामा चार जना विभिन्न पदका उम्मेदवार छन् ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ जनाले मतदाता रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २० तथा १०२ वडाका वडाध्यक्ष र सदस्य पदमा ५२० गरी कूल ५३० पदको मतदान हुने बताइएको छ ।

यसअघि विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ रहेको थियो । जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेको बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com