२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए

कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थपिए

 

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा २४ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा आज २४ सदस्य थप गरेको हो ।

उक्त समितिमा रवीन्द्रलाल श्रेष्ठ काठमाडौँ, वामनप्रसाद न्यौपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरुङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रमसिंह थापा कपिलवस्तु, फरिदा खातुन सुनसरी, खिमानसिंह रायमाझी प्यूठान, प्रकाश महर्जन काठमाडौँ, सन्तोष पाण्डे दोलखा र राजाराम पुडासैनी काठमाडौँ रहेको छ ।

यसैगरी, भोला नेपाल काभ्रेपलाञ्चोक, उद्धव खड्का भक्तपुर, शालिकराम खनाल नुवाकोट, शिव सुनार सिन्धुपाल्चोक, लेखनाथ पोखरेल अर्घाखाँची, सागर परियार बागलुङ, प्रदीप सत्याल काभ्रेपलाञ्चोक, नजवुल खाँन उदयपुर, विजय डालमिया झापा र सुरेश थापामगर स्याङ्जालाई सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यसअघि पार्टी केन्द्रीय सदस्य खतिवडाको संयोजकत्वमा निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com