२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश

 

काठमाडौं । अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।

खड्का चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् । यसअघि भुवन केसी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।

२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । रावत श्वेताका पति समेत हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com