२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट

युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट

एजेन्सी । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।

उहाँले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र आर्थिक संकट परेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गनुएभययो ।

उहाँले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com