२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

भरतपुरमा गठबन्धनको घोषणापत्र सार्बजनिक

भरतपुरमा गठबन्धनको घोषणापत्र सार्बजनिक

काठमाडौं । भरतपुर महानगरपालिकाको नेतृत्वको लागि गठबन्धनले घोषणापत्र जारी गरेको छ । घोषणा पत्रमा डिजिटल सेवा प्रवाह, एसियाली मापदण्डको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा , सहज सुलभ स्वास्थ्यका कुरालाई उठाइएको छ ।

घोषणा पत्रमा सेवा प्रवाहलाई सहज बनाउन घरबाटै सेवा लिन सकिने प्रविधिमैत्री प्रणालीको विकास गर्ने भनिएको छ । यस्तै भौतिक पूर्वाधारमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, एयरपोर्ट विस्तारका काम गर्ने प्रतिबद्धता समेटिएका छन् ।

सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने सरकारी तहबाट पहिलो पटक स्थापना गरिएको अटिज्मका विद्यार्थी पढाउने विद्यालयलाई व्यवस्थित गर्ने, हरेक वडामा अस्पताल बनाएर ज्येष्ठ नागरिकलाई घरदैलो सेवा दिने, गरिब र विपन्नलाई महानगरले स्वास्थ्य बीमा महानगरले गरिदिने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

यस्तै कृषि र किसान पेन्सन कार्यक्रम सुरु गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक बस संचालन गर्ने सम्मका प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com