२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने तयारी

निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने तयारी

काठमाडौँ । आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लाका चारवटै स्थानीय तहका २८ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी २८ पोका बनाइएको छ । निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा वैशाख २६ गते पठाइनेछ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते निर्वाचन सामग्री पठाइने शर्माले बताए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’’, उनले भने, कर्मचारी नियुक्ति प्रक्रिया चलिरहेको छ, नियुक्ति गरेर ओरियण्टेशन गराई मतदान केन्द्रमा २७ गतेसम्म कर्मचारी पठाउने छौँ । २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उनले बताए ।

धेरै काम पूरा भइसकेका छन् । विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रुपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ ।

निर्वाचनका लागि नासो गाउँपालिकाका सबै मतदान केन्द्रको तयारीका बारेमा जानकारी लिने उद्देश्यले आज अनुगमन गरिएको उनले बताए । सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ । नासोको नौवटा मतदान केन्द्रको अनुगमन तथा अवलोकन गरिएको उनले बताए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिममा दिने सामग्रीसमेत तयार भएको उनले बताए । निर्वाचन ऐन, नियमावली, आचारसंहिता, झोला, स्थानीय तह मतदान निर्वाचन निर्देशिका, मतदान आचारसंहिता निर्देशिकालगायत सामग्री तयार पारिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com