२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

काँग्रेसबाट उर्लाबारीको मेयर र उपमेयर दुवै खोस्यो एमालेले

काँग्रेसबाट उर्लाबारीको मेयर र उपमेयर दुवै खोस्यो एमालेले

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयर एमालेले खोसिदिएको छ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार गंगा प्रसाद खरेल विजयी भएका छन् ।

काँग्रेसका निवर्तमान मेयर खड्क फागोलाई खरेलले १२ हजार १ सय ५६ मत ल्याएर पराजित गरेका हुन् । उता फागोले भने १० हजार २ सय ९० मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले पनि काँग्रेसकै उम्मेदवारलाई पराजित गरेर विजयी भएकी हुन् ।

उनी १० हजार ७ सय २ मत ल्याएर विजयी हुँदा काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् ।

त्यस्तैगरी उर्लाबारीका ९ वडामध्ये ५ वटा वडा एमालेले जितेको छ भने ४ वटा वडामा मात्रै नेपाली काँग्रेसले जितेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com