नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई गर्यो पार्टी बाट बर्खास्त
नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई गर्यो पार्टी बाट बर्खास्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कप्रसाद विश्वकर्मालाई पदबाट हटाएको छ ।
चितवनमा जारी उक्त समूहको भेलाले महासचिव चन्द र प्रवक्ता विश्वकर्मालाई हटाउने निर्णय भएको एक नेताले बताए ।
ओली र बास्तोलाले आफूहरुको समूहमा पार्टीको बहुमत केन्द्रीय सदस्यहरु समेत रहेको र चन्दलाई हटाइएको दावी गरेका छन् । भेलाले पार्टीको नेतृत्वमा बास्तोलालाई संयोजक तोकेको बताइएको छ ।
पार्टीभित्र किचलो सिर्जना गरेपछि महासचिव ‘विप्लव’ले केही दिनअघि ओली र बास्तोलालाई कारवाही गरेका थिए।
त्यसको केही दिनपछि आफू पक्षिय नेताहरुको भेला गरेर ओली र बास्तोलाले महासचिव र प्रवक्तालाई नै कारवाही गरेका हुन् ।
उनीहरुले ‘विप्लव’ पार्टीको बहुमत केन्द्रीय समिति बैठकले निर्णयलाई उल्टाएर विधि विधान विपरित स्थानीय चुनावमा गएको आरोप लगाएका छन् ।