२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

महिलामाथि एसिड हान्ने भिडियो बनाएका युट्युवर प्रदीप भुसाल पक्राउ

महिलामाथि एसिड हान्ने भिडियो बनाएका युट्युवर प्रदीप भुसाल पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

युट्युवर प्रदिप भुसाल भनिने पूर्णचन्द्र भुसाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । साइवर ब्यूरोबाट खटिएको टोलीले साउन ९ गते कावासोती नवलपरासीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट साउन १० गते दिन ७ म्याद थप अनुमती अनुसन्धान थालेको छ ।

युट्युवर भुसालले ‘बदमास केटा’ नामक युट्युव च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै एक महिलालाई आतंकित बनाएको प्रहरीको भनाइ छ । उनले महिलामाथि अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट र अपलोड गरेका थिए ।

नवलपरासी साबिक देउराउली गाविस वडा नम्बर ४ वतन भइ हाल नवलपरासी बर्दाघाट सुस्ता पूर्व, हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षका भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको साईवर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् । युट्युवर भुसालमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com