६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।
निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।