२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पुर्व लडाकु महिला छापामार बनिन् नेपाली कांग्रेसको उमेदवार

पुर्व लडाकु महिला छापामार बनिन् नेपाली कांग्रेसको उमेदवार

 

तत्कालीन माओवादी पार्टीका लडाकु ४००८ जनालाई अनमिनको प्रमाणि करणको शिलशिलामा अपमानित सब्द भिराई अयोग्य घोषणा गरी २०६६ सालमा अस्थाई शिविरबाट नेपाल सरकार र पार्टीको रोवहरमा बिदाई गरेका थिए भने ति सेना मध्ये उनि एक होनाहार महिला लडाकु हुन् ।

उनि भन्छिन् माओवादी आन्दोलनमा युद्ध र शान्ति प्रक्रिया गरि १८ वर्ष सम्म निरन्तर योगदान गरियो तर कहिले पनि पार्टी र नेतृत्वले उक्त योगदानको मुल्यांकन गरेन, माओबादी पार्टीले धोका दिएकै कारण माओबादी पार्टी परित्याग गरि कांग्रेसमा प्रबेष गर्न बाध्य भए ।
अहिले मेरो योगदानको मुल्यांकन गर्दै मलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट दलित महिला सदस्यमा टिकट दिएर अबसर दिएको छ मैले पार्टी को निर्णयको सम्मान गर्दै महिला सदस्यमा उमेदवारी दिएको छु । जितको नजिक पुगेको छु अबस्य जित्ने छु । भन्दै युरिशा ले जनसेवा न्युज डटकम सँग को कुराकानीमा उनले थप कुरा राखिन् हुन त मेरो वास्तविक नाम सविना तामाङ हो तर धेरै ले मलाई युरिशा भनेर चिन्छ्न यो नाम भने जनयुद्धकालमा माओवादीले उपनाम राखिदिएको थियो पार्टी मा नै अन्तरजातीय विवाह भएको ले अहिले (सविना तामाङ, सुनार) जसले गर्दा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नंः३ को दलित महिला वडा सदस्यमा नेपाली कांग्रेस बाट उमेदवारी दिएको छु। घरपरिवार छरछिमेक सबैको सल्लाह सुझावले उमेदवारी दिएको हो ।

त्यसैले सबैको सपोट छ वडा भित्र रहेको सबै घरमा पुगि घरदैलो कार्यक्रम मार्फत सबै सँग भेटघाट गरि सुझाव सल्लाह लिएर नमुना वडा बनाउन विकासको खाका कोर्न लक्ष्यका साथ प्रचारप्रसार र भेट्घाट् लाई तिव्रता दिएको छु भन्दै बताईन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com